०२ साउन २०८३, शनिबार

माघसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? [पूर्णपाठ]

फागुन २६, २०८१
काठमाडौं
माघसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउनदेखि माघसम्म)को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो ।

जसअनुसार चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण अर्थात् रेमिट्यान ७.३ प्रतिशतले बढेर साढे ९ खर्ब ५८ करोड पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स ६ अर्ब ६५ करोड पुगेको छ । 

त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ पुगेको छ । 

सात महिनामा नेपाली विद्यार्थीमार्फत् उच्च शिक्षा अध्ययनका नाममा ६४ अर्ब १५ करोड रूपैयाँ बाहिरिएको छ भने देशको कूल विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ । 

कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ५ अर्ब १४ करोड रहेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग २ खर्ब ६३ अर्ब ९३ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

माघ महिनासम्म उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४.१६ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । 

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ भने, मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ ।

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७३ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.९६ प्रतिशतले बढेको छ ।

हेर्नुहोस् पूर्णपाठ :

 

salt training

कमेन्ट गर्नुहोस्