०७ साउन २०८३, बिहीबार

असनमा होलीको रमझम [तस्वीरहरू]

फागुन २८, २०८१
काठमाडौं
असनमा होलीको रमझम [तस्वीरहरू]

रङ्गैरङ्गको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। भोलि बिहीबार काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा होली मनाइँदैछ भने तराईमा शुक्रबार मनाइने । 

होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ। असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रङ, टिसर्ट, कुर्ता, वाटर गन र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन्। 

व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रङ छान्दै छन्, कोही मोलमोलाइ गर्दैछन्। सडकभरि चहलपहल छ । 

होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४०० मा बिक्री भइरहेको छ भने पानी हालेर खेल्ने पिचकरी ५० रूपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।

रङको प्याकेटको २० रूपैयाँदेखि २०० रूपैयाँ पर्ने उनीहरू बताउँछन्।

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्