०५ साउन २०८३, मंगलबार

चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक

चैत ३, २०८१
काठमाडौं
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक

यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । 

आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित कार्यक्रममा  ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, साजन श्रेष्ठ, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज सिवाकोटी लगायतको उपस्थिति थियो ।

प्राय: सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ । 

ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् । निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । 

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागोको रहेको छ । 

हेर्नुहोस् ट्रेलर :

 

salt training

कमेन्ट गर्नुहोस्