
भोजपुर नगरपालिका-१२ स्थित इनामे सामुदायिक वनबाट लागेको आगो बस्तीमा फैलिएको छ । आगो बस्ती पस्दा १२ वटा घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बिहान साढे ९ बजेदेखि शुरू भएको आगलागी अझै नियन्त्रणबाहिर छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहका अनुसार आगलागीबाट १० जनाको घर र पाली जलेर नष्ट भएका छन् ।
पीडितमा कालीदास चपागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई, रामबहादुर कार्की, शंकर धमला, तीर्थप्रसाद सुवेदी र चन्द्रप्रसाद सुवेदी रहेका छन् ।
प्रहरीका अनुसार पीडितहरूको घर, पाली र पशुपंक्षी जलेर नष्ट भएका छन्। गोमा दमाईको घरसँगै २ वटा सुँगुर पनि जलेको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।