३१ असार २०८३, बुधबार

शेयर बजारको ओरालो यात्रा कायमै, पछिल्ला १२ मध्ये ११ दिन गिरावट

चैत ६, २०८१
काठमाडौं
शेयर बजारको ओरालो यात्रा कायमै, पछिल्ला १२ मध्ये ११ दिन गिरावट

शेयर बजारमा झण्डै २ सातादेखिको गिरावटले बुधवार पनि निरन्तरता पायो ।

पछिल्ला १२ मध्ये ११ दिन गिरावट आउने क्रममा बुधबार नेप्से परिसूचक १४.८८ बिन्दुले घटेर २६८२.१५ बिन्दुमा कायम भएको छ ।

गिरावटका बीच कारोबार रकम भने झण्डै १ अर्बले बढेर ५ अर्ब १४ करोड पुगेको छ ।

बुधबार ट्रेडिङ, म्युचुअल फन्ड र होटलबाहेक सबै समूहमा गिरावट आयो । गिरावट जीवनबिमा र फाइनान्सको योगदान सबैभन्दा बढी रह्यो ।

१८३ कम्पनीको शेयर मूल्य घट्दा ५३ वटामा भने वृद्धि देखियो । ७ वटामा कुनै परिवर्तन भएन ।

salt training

कमेन्ट गर्नुहोस्