०५ साउन २०८३, मंगलबार

सुरक्षाको माग गर्दै कबाड व्यवसायीले बुझाए काठमाडौंका सीडीओलाई ज्ञापनपत्र

चैत ७, २०८१
काठमाडौं
सुरक्षाको माग गर्दै कबाड व्यवसायीले बुझाए काठमाडौंका सीडीओलाई ज्ञापनपत्र

लामो समयदेखि काठमाडौं महानगरपालिकाभित्र कबाड संकलनमा अवरोध भइरहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

बिहीबार कबाड व्यवसायी संघर्ष समितिको तर्फबाट कबाड व्यवसायी समाजले सीडीओ तिवारीलाई ज्ञापनपत्र बुझाएको हो । 

समाजले काठमाडौं महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र साइकलमा कबाड संकलन गर्दै आएका कबाड संकलकहरूको साइकल र समान जफत गर्ने गरेको भन्दै त्यसलाई तत्काल रोक्न सीडीओसँग माग गरेको छ । 

साइकलमा कबाड संकलन गर्दै आएका संकलकलाई भइरहेको गालीगलौज कुटपिट र अभद्र व्यवहार बन्द गर्नुपर्ने  माग छ । हालसम्म कबाड संकलकका एक हजार थान साइकल काठमाडौं महानगर प्रहरीले जफत गरेको भन्दै समाजले उक्त साइकल र जफत गरेको समान फिर्ता गुर्नपर्ने बताएको छ । 

महानगर प्रहरीका कारण कबाड संकलकहरूले आफ्नो रोजगारी गुमाउनु परेको समाजले बताएको छ । आफ्नो पेशा व्यवसाय गर्न पाउने हकको सुनिश्चित गुर्नपर्ने समाजको माग छ । 

‘उक्त साइकल र समान फिर्ता नगरे हामी महानगर प्रहरीविरुद्ध प्रतिकार गर्नेछौं । महानगर प्रहरीका कारण संकलकहरूले आफ्नो रोजगारी गुमाउनु परेको छ’, समाजले प्रजिअ तिवारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘कबाड व्यवसायी र संकलकमाथि भइरहेको यो प्रकारको महानगर प्रहरीको अत्याचार गुन्डागर्दी तत्काल रोकिएन भने हामी कबाड व्यवसायी र कबाड संकलकहरूले महानगर प्रहरीको सशक्त प्रतिकार गर्ने कुरा यहाँलाई अवगत गराउन चाहन्छौं ।’

जसका कारण भोलिका दिनमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी कबाड व्यवसायी र कबाड संकलकको जिउधनको सुरक्षाका लागि अनुरोध गरेको गरिएको समाजले भनेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्