![गुराँसले राताम्य वनपाखा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Laliguras._7_vJeXVJDZC8.jpg)
लालीगुराँसले अहिले पहाडी क्षेत्रका वनपाखा राताम्य भएका छन् । पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ ।
गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउँदै सुन्दरता बढाइरहेको छ। जसका कारण सो क्षेत्रमा पर्यटकको आर्कषण बढ्न थाएको छ ।
रातो, गुलाबी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ । जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ ।
वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ । यद्यपि, चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ ।
संसारभरि १ हजारभन्दा बढी प्रजातिका गुराँस पाइन्छन् ।











