
चट्याङ लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका-६ बस्ने २१ वर्षीय गगन बहादुर खड्काको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको हो ।
घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लागेर बेहोस भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।