
सिटी एक्सप्रेस मनी ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' योजनाको उपहार हस्तान्तरण गरेको छ ।
काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर जितु नेपाललगायतको उपस्थितिमा विजेतालाई उपहार हस्तान्तरण गरिएको हो ।
सिटी एक्सप्रेसका अनुसार कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिट्यान्स गरेका थिए ।
उनले रकम पठाउँदा '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' योजनाअन्तर्गत आफूले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए । सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको हो ।
सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप प्राप्त गरेका थिए ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ), २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन ) जित्न सफल भइसकेका छन् ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
हरेक बर्ष नयाँ-नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धिको विषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।