
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
शाक्यले मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।
मंगलबारै उनले ऊर्जा मन्त्रालयमा शपथ ग्रहण गरेका थिए । मन्त्रालयले उनलाई मंगलबार अबेर नियुक्तिपत्र दिएको थियो ।


