२८ असार २०८३, आइतबार

४० अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

चैत १३, २०८१
काठमाडौं
४० अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको हो । 

यसदिन बजारमा ९१ लाख ४२ हजार ९४१ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा बन्द भएको थियो । 

आज १३ वटै उपसमूहको सेयर मूल्य वृद्धि भएको हो । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ४१ करोड ८६ लाख ७८ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

बुधबार बजार पूँजीकरण ४२ खर्ब ४ अर्ब रूपैयाँ बढीको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्