०८ साउन २०८३, शुक्रबार

नयाँ वर्षमा बुटवल सडक महोत्सव

चैत २३, २०८१
बुटवल
नयाँ वर्षमा बुटवल सडक महोत्सव

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन संघ रुपन्देही (रेबन)ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बुटवल सडक महोत्सव गर्ने भएको छ । 

आन्तरिक पर्यटनलाई बढावा दिनेगरी तीन दिन सडक महोत्सव गर्न लागिएको हो । रेबनका अध्यक्ष प्रशान्त कोइरालाले सडक खाना महोत्सवमार्फत पर्यटन चलायमान बनाउने लक्ष्य रहेको बताए । बुटवल तीनकुनेदेखि शिवालय मन्दिरसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र बनाइएको छ ।

चैत ३० गतेबाट वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । नेपाली मौलिक खानाका परिकार प्रस्तुत गर्ने स्टललाई नि:शुल्क व्यवस्थापन गरिएको कोइरालाको भनाइ छ । टोल समितिहरूसँग समन्वय गरी कार्यक्रम गर्न लागिएको उनले बताए । 

महोत्सव सञ्चालनका लागि करिब २५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ५० वटा स्टल सहभागी हुनेछन् । 

महोत्सवमा खानाका परिकारसँगै मनोरञ्जनका नयाँ नयाँ प्रविधि, कला संस्कृतिलाई समेत अवसर दिएको उपाध्यक्ष लक्ष्मण श्रेष्ठले बताए । कार्यक्रममा टिकटक च्यालेन्जसमेत आयोजना गरिने सचिव अतीत तरामु मगरले बताए । जसमा सर्वाधिक भ्यूज हुने दर्शकलाई पुरस्कृत गरिने उनले बताए । 

महोत्सवमा सरसफाइलाई विशेष ध्यान दिइएको तरामु मगरले बताए । २०७८ सालमा स्थापना भएको रेबनमा ९२ जना सदस्य आबद्ध रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्