२३ असार २०८३, मंगलबार

दशौं राष्ट्रिय खेलकुद पर्खिरहेको कर्णाली रंगशाला [तस्वीरहरू]

चैत २३, २०८१
सुर्खेत
दशौं राष्ट्रिय खेलकुद पर्खिरहेको कर्णाली रंगशाला [तस्वीरहरू]
तस्वीर : रासस

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आउँदो जेठ ३ गतेदेखि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यसअघि पटकपटक प्रतियोगिताको मिति सारेर जेठमा पुर्‍याइएको हो । 

जेठमा पनि प्रतियोगिता होला कि नहोला भन्ने संशयबीच रंगशाला निर्माणको काम भने करिब पूरा भएको छ । प्रदेश सरकारले झण्डै पौने दुई अर्ब खर्चेर सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरेको रंगशालाले दशौं राष्ट्रिय खेलकुद पर्खिरहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले वीरेन्द्रनगरमा प्रतियोगिताका लागि सचिवालय स्थापना गरिसकेको छ भने प्रदेश सरकारले पनि खेलकुदका लागि आवश्यक तयारी गरिरहेको छ ।

कर्णाली प्रदेश सरकारले खेलकुद विकास परिषद्‌का सदस्यसचिवका रूपमा सामाजिक विकास मन्त्रालयका अधिकृत रामप्रसाद उपाध्यायलाई खटाएको छ । सदस्यसचिव नियुक्तिको विषय भने पेचिलो बनिरहेको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीर सौजन्य : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको सचिवालय । 

salt training

कमेन्ट गर्नुहोस्