२६ जेठ २०८३, मंगलबार

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

बैशाख २, २०८२
काठमाडौं
त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा. खड्ग केसीले पाएका छन् । 

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिविको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा. केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका हुन् । 

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकेका उनका सचिवालयले जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्