
गोरखा–जितगढी पदयात्राका क्रममा मङ्गलबार पाल्पा आइपुगेको नेपाली सेनाको टोली । गत चैत २८ गते गोरखाबाट पदयात्रा सुरु गरेको नेपाली सेनाको टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आएको हो । केलादीघाटमा स्वागतपश्चात पाल्पाका विभिन्न स्थान हुँदै सो टोली रुपन्देहीको जीतगढी किल्लातर्फ अगाडि बढेको छ । तस्वीर : सुशीला रेग्मी/रासस