![शिक्षक आन्दोलनको १७औं दिन : ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Teacher_Aandolan_FX_Traffic_Jam_6_wUDbq4Hofc.jpg)
विभिन्न माग राखेर विगत १७ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूको प्रदर्शनले सर्वसाधारणले सास्ती भोग्नु परेको छ।
शिक्षकहरूले माइतीघर-नयाँबानेश्वर सडक अवरोध गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दा सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।
मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ।
अहिले नयाँबानेश्वर, अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु पर्ने अवस्था छ ।
तस्वीरहरू











