०७ साउन २०८३, बिहीबार
तोलामा दुई लाख नजिक पुग्यो सुन

सुनको मूल्यमा अर्को रेकर्ड, एकैपटक करिब सात हजार बढ्यो

बैशाख ९, २०८२
काठमाडौं
सुनको मूल्यमा अर्को रेकर्ड, एकैपटक करिब सात हजार बढ्यो

सुनको मूल्यले नेपाली बजारमा एकपछि अर्को रेकर्ड कायम गरेको छ । 

सोमबार एक लाख ९१ हजार रूपैयाँ कायम भएको सुनको मूल्य मंगलबार एकैपटक करिब ७ हजार बढेको छ । 

मंगलबार तोलामा ६ हजार ९०० रूपैयाँ बढेर १ लाख ९७ हजार ९०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रूपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रूपैयाँ कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्