![चन्द्रकला पौडेल सचिवमा बढुवा, कोशीका प्रमुख सचिवको सरुवा [मन्त्रिपरिषद्का १९ निर्णय]](https://lktcdn2.prixacdn.net/media/PS_Gurung_KhnIZpW8iT.jpg)
सरकारले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सचिव बढुवा भएकी पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालत र अन्तर्गतका निकायहरूको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने, वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने र सार्वजनिक खरिद (चौधौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्नेलगायतका १९ निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णय :