२० असार २०८३, शनिबार

दुई लाख किलोमिटर यात्रासम्म डल्फिनको 'पर्फमेन्स'मा कुनै कमी आएन, यस्तो छ रिभ्यू

बैशाख १०, २०८२
काठमाडौं
दुई लाख किलोमिटर यात्रासम्म डल्फिनको 'पर्फमेन्स'मा कुनै कमी आएन, यस्तो छ रिभ्यू

बीवाईडीको डल्फिन भेरियन्टको पर्फमेन्स २ लाख किलोमिटर यात्रासम्म पनि उस्तै पाइएको छ । २ लाख किलोमिटरसम्म चल्दासम्म डल्फिनको पर्फमेन्समा कुनै कमी नआएको हो ।

करिब दुई वर्षअघि ब्राजिलमा सार्वजनिक भएको बीवाईडी डल्फिनले २ लाख किलोमिटर पार गरेपछि त्यसको रिभ्यू सार्वजनिक गरिएको छ ।

जसमा डल्फिनका चालकले २ लाख किलोमिटर पार गर्दासम्म कुनै पनि प्रकारको पर्फमेन्समा कमी नआएको बताएका छन् ।

ब्राजिलमा बीवाईडीको डल्फिनले २ लाख किलोमिटर चलेपछि त्यसको रिभ्यू युट्युबमा सार्वजनिक गरिएको हो । ब्रजिलमा सर्वाधिक बिक्री भएको मोडल डल्फिनले पहिलो २ लाख किलोमिटर चलेपछिको प्रतिक्रिया रहेको दाबी गरिएको छ ।​

हालसम्मकै सबैभन्दा सुरक्षित ब्याट्री पाइएको प्रतिक्रिया दिइएको छ । बीवाईडीले प्रयोग गर्ने ब्लेड ब्याट्रीलाई सुरक्षाका दृष्टिकोणबाट उत्कृष्ट रहेको दाबी गरिएको छ । 

बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाएको थियो । ब्राजिलमा लन्च भएको ६ महिनामा नै बीवाईडी डल्फिनले कयौं रेकर्डहरू बनाएको थियो । जुन अहिले विश्वभर नै राम्रो विक्री हुने गाडीमा पर्दै आएको छ । 

यस्तो छ रिभ्यू

रिभ्यू गरिएको यो डल्फिन करिब डेढ वर्षअघि खरिद गरिएको जनाइएको छ । जहाँ गाडीमा कुनै पनि परिवर्तन गरिएको छैन । गाडीको पार्टसहरू तथा  उपकरणहरू पनि जस्ताको त्यस्तै छन् । हेर्दा नै भर्खरै खरिद गरेजस्तै डल्फिन देखिन्छ । 

बाहिरी लुक्सबाट भरखरै खरिद गरिएजस्तै देखिएको डल्फिनले २ लाख किलोमिटर चालिसकेको पत्याउनै गाह्रो हुन्छ । ​

डल्फिनका चालकले गाडीको पर्फमेन्सबाट अचम्मित भएको प्रतिक्रिया दिएका छन् भने निकै सन्तुष्ट रहेको पनि बताएका छन् ।

ड्राइभरले पनि २ लाख किलोमिटर पुगेपछि मोबाइलमा फोटो नै खिचेर राखेको रिभ्यूमा बताएका छन् । २ लाख किलोमिटर विद्युतीय गाडी चलेको पहिलो पटक जस्तै रहेको उनको भनाइमा झल्किन्छ । 

भिडियोमा भनिएअनुसार अहिलेसम्म डल्फिनको चार्जिङ १०० प्रतिशत हुने गरेको छ । यसका साथै रेन्जमा पनि कुनै प्रकारको कमी आएको छैन ।

केही वर्षपछि डल्फिनले १० लाख किलोमिटर पनि पार गर्ने सक्नेसमेत रिभ्यूमा बताइएको छ । 

सन् २०२३ मा मात्रै डल्फिन ब्राजिलकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय गाडीको शीर्ष स्थानमा परेको थियो । 

यस्ता छन् डल्फिनका विशेषता

४४.९ किलोवाटको ब्लेड ब्याट्री सहित बीवाईडी डल्फिन आउँछ । ७ किलोवाटको चार्जर सहित आउने डल्फिनले एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।

अत्याधुनिक इ–प्लेटफर्म ३.० मा उत्पादन गरिएको बीवाईडी डल्फिन सेल–टू–प्याक (सीटीपी) प्रविधिमा आधारित छ । यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी बनाइएको छ । जहाँ ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्याण्डविच’ जस्तो संरचना बनाइएको छ । जसले गर्दा क्याबिन स्पेस बढी रहन्छ ।

यसमा फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता छन् ।​

यसबाहेक रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यू जस्ता फिचरहरू पनि छन् ।

salt training

कमेन्ट गर्नुहोस्