१० साउन २०८३, आइतबार

नर्भिकमा पित्तथैली र मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

बैशाख १६, २०८२
काठमाडौं
नर्भिकमा पित्तथैली र मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेकाले अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको हो । 

यही वैशाख २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा जीआई ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा. प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. सुनील श्रेष्ठले सेवा दिनेछन् । 

बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने ओपीडीमा निःशुल्क परामर्शका साथै स्क्रिनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । 

निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।

नर्भिकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रोगको निःशुल्क ओपीडी सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्