०८ साउन २०८३, शुक्रबार

१० प्रतिशतले बढ्यो रेमिट्यान्स, साढे ३ लाखले लिए श्रम स्वीकृति

बैशाख २८, २०८२
काठमाडौं
१० प्रतिशतले बढ्यो रेमिट्यान्स, साढे ३ लाखले लिए श्रम स्वीकृति

चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स १० प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको चैत महिनासम्म विप्रेषण आप्रवाह १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

त्यस्तै, चैत महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्