२९ असार २०८३, सोमबार

जुम्लामा जीप दुर्घटना, २ जना घाइते

जेठ १, २०८२
जुम्ला
जुम्लामा जीप दुर्घटना, २ जना घाइते

जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । 

कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क१ज ३७ नम्बरको जीप दुर्घटना हुँदा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए।

घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

जीप सडकदेखि २०० मिटर तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्