
उच्च अदालत पोखराले रवि लामिछाने, छविलाल जोशीसहित ७ जनाको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश गरेको छ ।
मुख्य न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र मिलनकुमार राईको संयुक्त इजलासले आइतबार प्रमाण मिसिल झिकाउने आदेश गरेको उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दामा पोखरा जिल्ला अदालतले गरेको थुनछेक आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत पोखराले उक्त आदेश गरेको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सहकारी ठगी मुद्दामा लामिछानेलाई गत पुस २५ गते ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सो आदेश खारेजीको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय र लामिछानेले छुट्टाछुट्टै पुनरावेदन दिएका थिए ।