२२ असार २०८३, सोमबार

पोखरा विमानस्थल ‘अनियमितता’ : थप अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

जेठ ७, २०८२
काठमाडौं
पोखरा विमानस्थल ‘अनियमितता’ : थप अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
तस्वीर : रासस ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताबारे अब अख्तियारले थप अनुसन्धान गर्ने भएको छ । 

संघीय संसद्को सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार थप अनुसन्धान गरी कानूनी कारबाही अघि बढाउन निर्देशन दिएको हो ।

राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले विमानस्थल निर्माणमा झन्डै १० अर्ब रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन तयार पारेको थियो ।  उपसमितिमा रहेका सांसद गोकुल बाँस्कोटा र तारा लामाको पूरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई समेत अख्तियारमा पठाउने समितिले निर्णय गरेको हो ।

‘अहिले निर्णय लेख्ने काम भइरहेको छ । समितिको निष्कर्ष चाहिँ त्यही हो (थप अनुसन्धानका लागि अख्तियारमा लेखिपठाउने)’, समिति सचिव एकराम गिरीले भने ।

विमानस्थल निर्माण सुरु हुनुपूर्व नै लागत मूल्यवृद्धि गरेर वार्ताद्वारा ठेक्का प्रक्रिया टुंग्याइएको उपसमितिको निष्कर्ष छ । 

सम्भाव्यता अध्ययन र विमानस्थल सञ्चालनसम्बन्धी रणनीतिक कार्ययोजनाबिना नै ऋण लिएको, विमानस्थल निर्माण तथा छिनेडाँडा कटान गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन नगरिएको, विमानस्थल निर्माण प्रक्रिया आवश्यकताभन्दा पनि निर्माण कम्पनीको इच्छाअनुसार अघि बढाइएको उपसमितिले आफ्नो प्रतिवेदनमा औंल्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्