०२ साउन २०८३, शनिबार

बालेनले यसरी फिर्ता ल्याउँदैछन् लिच्छविकालीन इखा पुखुको इतिहास र गरिमा [फोटोफिचर]

जेठ ११, २०८२
काठमाडौं
बालेनले यसरी फिर्ता ल्याउँदैछन् लिच्छविकालीन इखा पुखुको इतिहास र गरिमा [फोटोफिचर]

काठमाडौं महानगरपालिका वडा नं. १७, १८ र २५ को बीचमा अवस्थित इखा पुखु (पोखरी)को पुनर्निर्माण थालिएको छ । यो एउटा ऐतिहासिक पोखरी हो, जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ।

काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिटी, कोहिटी र अन्य ढुंगे धाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन् । विज्ञहरूका अनुसार पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।

कुनै समय क्षेत्रपाटी नै शहरको उत्तरी सिमाना थियो र त्यसभन्दा पर बस्ती थिएन। त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए र नजिकै इखानारायण मन्दिर स्थापना गरेका थिए। त्यसबेला यो पोखरी काठमाडौंको जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा थियो।

null

तर, विभिन्न कालखण्डमा यो पोखरीको अस्तित्व मेटाउने प्रयासहरू भए। लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिकाले इखा पुखुको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको छ। हालसम्म पोखरीमा थुप्रिएको फोहोर, झार र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ। 

शुरूमा २ फिट उत्खनन् गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनियो। त्यसपछि मात्र पुरानो कालो माटो भेटिएको थियो।  महानगरपालिकाले बाउन्ड्री वाल निर्माणको तयारी पनि पूरा गरेको छ।

३ करोड ६४ लाख रूपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ । पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप)को पुनःस्थापना गर्नेछ। यो प्रयास जलचक्र, वातावरण र सम्पदासँग पुनः सम्बन्ध जोड्ने साझा संकल्प रहेको महानगरले बताएको छ ।

हेर्नुहोस् थप तस्वीर :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्