![धमाधम कालोपत्रे भइरहँदा यस्तो देखियो ग्वार्को ओभरपास [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Gwarkwo_Flyover_1_N9pH3KavM4.jpg)
ललितपुरको ग्वार्कोमा निर्माणाधीन 'ओभरपास'मा कालोपत्रेको काम शुरू भएको छ ।
जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने बनाउने गरी काम भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीको दाबी छ ।
ओभरपास निर्माण सम्झौताको समय सकिएर १ वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट दैनिक जरिवाना तिराएर काम गराइरहेको छ ।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । २ वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन मुनिको सडक खण्डबाट गुड्नेछन् ।
हेर्नुहोस्, फोटोहरू :














