![काठमाडौंका विभिन्न ठाउँबाट भृकुटीमण्डप पुग्दै एमालेका र्याली, केही बेरमा सभा [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/uml_rally_11_rdMtitzSU4.jpeg)
नेकपा एमालेले गणतन्त्र स्थापना भएर १८औं वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै छ ।
गणतन्त्र उत्सवका लागि बिहीबार विभिन्न ठाउँबाट झाँकीसहितको र्याली भृकुटीमण्डप पुग्नेक्रम जारी रहेको छ ।
विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भई वृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
'गणतन्त्र उत्सवको र्याली प्रारम्भ भइसकेको छ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो दिवसलाई पटक उत्सवका रूपमा मनाउन लागिएको हो,' विभागका प्रमुख राजेन्द्र गौतमले भने, '११ बजेदेखि सबैतिरबाट शुरू भएको र्याली भृकुटीमण्डपमा भेला हुन्छौं, रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर गणतन्त्र दिवसको सम्बोधन हुनेछ ।'
तस्वीरहरू











