०६ साउन २०८३, बुधबार

जेन-जी पुस्तालाई उद्यमशील बनाउन ७३ करोड विनियोजन

जेठ १५, २०८२
काठमाडौं
जेन-जी पुस्तालाई उद्यमशील बनाउन ७३ करोड विनियोजन

सरकारले युवा रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने लक्ष्य राखेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जेन-जी पुस्तालाई उद्यमशील बनाउन विशेष योजना अघि सारेको बताए।

उनका अनुसार, युवाहरूलाई उद्यमशीलता प्रवर्द्धन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

'काम खोज्ने होइन, काम दिने युवाको खोजी गरिनेछ,' अर्थमन्त्री पौडेलले भने। यो योजनाले युवाहरूलाई नवप्रवर्तन र उद्यमशीलतामार्फत मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे।

यो बजेटले जेन-जी पुस्तालाई आर्थिक रूपमा सक्षम बनाउँदै मुलुकको समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्