२३ असार २०८३, मंगलबार
आव २०८२/०८३ को बजेट

सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई शीघ्र बाहिर ल्याइने

जेठ १५, २०८२
काठमाडौं
सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई शीघ्र बाहिर ल्याइने

सरकारले नेपालको वित्तीय छविलाई सुदृढ गर्न सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट देशलाई शीघ्र बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिने जानकारी दिएका हुन् ।

उनका अनुसार गम्भीर आर्थिक अपराध, विशेषतः वित्तीय छल, कर छली, अवैध सम्पत्ति संकलन र शुद्धीकरण जस्ता गतिविधिको अभियोजन तथा अनुसन्धान प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाइनेछ । 

यसका लागि सम्बन्धित निकायलाई सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली सुधार गरिनेछ।

सरकारले नेपालको वित्तीय प्रणालीलाई पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउने दीर्घकालीन उद्देश्यसहित यस्तो नीति अघि सारेको हो ।

salt training

कमेन्ट गर्नुहोस्