३० असार २०८३, मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जेठ २०, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ । ​

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्