२२ असार २०८३, सोमबार

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर बनियाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २१, २०८२
काठमाडौं
नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर बनियाविरुद्ध भ्रष्टाचार मुद्दा

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बनियाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

बनियाले लागूऔषध मुद्दामा पुर्पक्षका लागि नवलपरासी कारागारमा रहेका व्यक्तिलाई छुटाउन सहजीकरण गर्ने भन्दै दुई लाख रूपैयाँ  घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यसअघि आयोगले उनलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

बनियाविरुद्ध बिगो बमोजिम २ लाख रूपैयाँ जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्