०१ साउन २०८३, शुक्रबार

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

जेठ २२, २०८२
काठमाडौं
नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

ज्ञवालीलाई आजदेखि नै लागु हुनेगरी ४ वर्षको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि उनी बैंकको कामु सीइओको रूपमा थिए । 

चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली २०७७ जेठमा नायव महाप्रबन्धकको रूपमा बैंक प्रवेश गरेका थिए । त्यसपछि  महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सिईओ भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्