३० असार २०८३, मंगलबार

‘बलिदान’मा सौगात मल्लको सशक्त अवतार, ‘फर्स्ट लुक’ सार्वजनिक

जेठ २४, २०८२
काठमाडौं
‘बलिदान’मा सौगात मल्लको सशक्त अवतार, ‘फर्स्ट लुक’ सार्वजनिक

नेपाली चलचित्र उद्योगमा व्यापक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’का लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । 

आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुई पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।

एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ । 

अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइँको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको विल्कुलै फरक अवतार रहेको छ । 

null

सौगात मल्ल नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन् र उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन् । ‘बलिदान’मा उनको यो फरक र शक्तिशाली गेटअपले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ ।

यसअघि ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि-टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए । 

आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्