
संघीय निजामती सेवा ऐनमा प्रस्तावित केही प्रावधानहरूको विरोधमा देशैभरका कर्मचारीहरू आन्दोलित भएका छन् ।
प्रमुख दलका कर्मचारी संगठनहरू सम्मिलित ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ले आइतबारदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन शुरू गरेको हो ।
अनिश्चितकालीन रूपमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिने कर्मचारी संगठनहरूले जनाएका छ ।
सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ बाट घटाएर ५ वर्ष बनाउनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषाभित्र समेट्नुपर्ने, समायोजनमा गएका कर्मचारीलाई पुन: एकपटक छनोटको अवसर दिनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूले अगाडि सारेका छन् ।