१९ असार २०८३, शुक्रबार
टेलिकम बिलिङ प्रकरण

टेलिकमकी एमडी अर्याल, पूर्वएमडी पौडेल लगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम
जेठ २५, २०८२
काठमाडौं
टेलिकमकी एमडी अर्याल, पूर्वएमडी पौडेल लगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडी (अर्याल) र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार दायर गरेको छ । 

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यस मुद्दामा अर्याल, पौडेल र प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठसहित १८ जनालाई प्रतिवादी बनाइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ । 

राजेन्द्र श्रेष्ठ, धविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, शंकर कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

यसैगरी, चिनियाँ कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, चिनियाँ कम्पनीकै म्यानेजर हुवाङ ओई र एक चिनियाँ कम्पनीलाई प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ ।

यस्तो छ अभियोग पत्र 

 

salt training

कमेन्ट गर्नुहोस्