३१ असार २०८३, बुधबार

ठमेलको सञ्चय कोष भवनमा हिमालयन बैंकको नयाँ शाखा

जेठ २५, २०८२
काठमाडौं
ठमेलको सञ्चय कोष भवनमा हिमालयन बैंकको नयाँ शाखा

हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर २७, ठमेलस्थित सञ्चय कोष भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नजिक भएका शाखा सञ्जालहरू मध्ये न्युरोड शाखालाई स्थानान्तरण गरी जेठ २५ गतेबाट ठमेलमा सञ्चालनमा ल्याइएको हो ।

प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार उक्त शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत  अशोकशम्शेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपस्थितिमा शुभारम्भ गरेका हुन् ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी एओएस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्