३१ असार २०८३, बुधबार

हुवावे नेपाल : नेक्स्ट-जेन ईभी चार्जिङ टेक्नोलोजी र पूर्वाधारमार्फत ग्रीन मोबिलिटीमा प्रतिबद्धता

जेठ २६, २०८२
काठमाडौं
हुवावे नेपाल : नेक्स्ट-जेन ईभी चार्जिङ टेक्नोलोजी र पूर्वाधारमार्फत ग्रीन मोबिलिटीमा प्रतिबद्धता

विश्व वातावरण दिवस २०२५ को अवसरमा, हुवावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको शुरूआत गरेको छ ।

गाडी चार्ज प्रालि र नीक (नेपाल एकरात इन्जिनियरिङ कम्पनी)सँगको सहकार्यमा, हुवावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेसनको उद्‌घाटन गरेको हो ।

सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ नेटवर्क पुर्‍याउने लक्ष्य कम्पनीको छ ।  जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने उसको विश्वास छ ।

हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेसनको उद्‌घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको ईभी चार्जिङमा एक महत्त्वपूर्ण कोशेढुंगा साबित हुने बताए ।

'यस शुरूआतले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेसनमार्फत भविष्यका लागि स्वच्छ उर्जामा आधारित व्यवस्थित र स्तरीय  यातायात पूर्वाधारको नयाँ जग बसाल्ने छ,' उनले भने ।​​

null

​फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट ईभी चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स (PV) र ऊर्जा भण्डारण प्रणाली (ESS) लाई एकीकृत गर्दै विद्युत ग्रिड-मैत्री, हाई-एफ़िसिएन्सि स्मार्ट चार्जिङ्ग अनुभव दिनेछ ।

Liquid cooled मोड्युलर आर्किटेक्चर र बहु-स्तरीय पावर पूलिंगको साथ डिजाइन गरिएको यस प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्दछ, जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लीटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दिर्घकालिन  चार्जिङ समाधान सुनिश्चित गर्नेछ। 

फ्युजन चार्ज प्रविधिका प्रमुख विशेषताहरू:

फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका इभि गाडीहरु का लागि चार्जिङ्ग सपोर्ट गर्दछ।  यसले पावर एफ़िसिएन्सि ८०% सम्म बढाई liquid cooled डिजाइन मार्फत अत्यधिक तापक्रम (-३५°C देखि ४५°C सम्म) मा पनि सुरक्षित, अल्ट्रा-फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्दछ। मोड्युलर र स्केलेबल संरचनाको साथ, यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षामार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ। यसको शान्त अपरेशन (५० dB मुनि) तथा युनिभर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-मागका सार्वजनिक स्टेसनहरू सम्म सहज चार्जिङ अनुभव प्रदान गर्नेछ। 

null

टेक्निकल हाइलाइटहरू:

फ्युजन चार्जमा liquid cooling, multi-level power pooling र ESS का लागि DC बस इण्टेग्रसनको सुविधा दिईएको छ। यसले सोलार (PV) र ब्याट्री स्टोरेज (ESS) प्रणालीहरू लाइ एकीकृत गरी सहज, ग्रीड-मैत्री चार्जिङ्ग सेवा प्रदान गर्दछ। यसले प्रतिक्रियाशील पावर नियन्त्रण, OTA अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ् स्मार्ट उर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउँछ। यो भीपीपी तयार पनि छ, जसको अर्थ यसले पिक-शेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्छ।

यी सुविधाहरूले फ्युजन चार्ज प्लेटफर्म भविष्यको लागि तयार छ भनी सुनिश्चित गर्दछ, जसले यसलाई आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-माग भएका सार्वजनिक स्टेसनहरूसम्म, विविध वातावरणमा समेत प्रयोग गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।​

हुवावे सन् १९८७ देखि १७० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो ।

null

सन् १९९९ मा नेपालमा स्थापित हुवावे नेपालले बलियो रूपमा जोडिएको र डिजिटल रूपमा सशक्त राष्ट्र निर्माण गर्न निरन्तर काम गर्दै आएको छ।

हुवावेले 'सीड्स फर द फ्युचर' जस्ता ऐतिहासिक कार्यक्रमहरू मार्फत डिजिटल समावेशीकरण, रोजगारी सिर्जना, नवीकरणीय ऊर्जा र शिक्षामा योगदान पुर्‍याउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्