
दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वस्तरमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा वृक्षारोपण गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र बूढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा चौकीडाँडा क्षेत्रमा १०० वटा बिरुवा रोपिएको हो।
वृक्षारोपण कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिका- १ का अध्यक्ष सुरेन्द्र लामा, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, पूर्वएसएसपी रमेश खरेल, वरिष्ठ कलाकार प्रेमराजा महत, लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स तथा जगदम्बा मोटर्स टिमका सदस्यहरू सहभागी थिए ।