
कुमारी बैंक लिमिटेड र काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि(गुर्जुधारा ट्रायल सेन्टर)बीच छुट सम्झौता भएको छ ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले यातायात व्यवस्था कार्यालय ठूलो भर्यााङले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा (Trial) सञ्चालन गराउँदै आएको ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा १५ प्रतिशत छुट पाउनेछन् ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वय गरी छुट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ एकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।