
विश्वव्यापी गायन रियालिटी शोको ‘द भ्वाइस किड्स नेपाल, सिजन ४’ मा वात्सल्य नेचुरल आईभीएफ मुख्य प्रायोजकको रूपमा जोडिएको छ ।
प्रजनन उपचारको क्षेत्रमा अग्रणी संस्था वात्सल्य नेपालका बाल प्रतिभाहरूलाई आवाज दिने गायन रियालिटी शोको मुख्य प्रायोजक बनेको हो ।
प्रजनन समस्याबाट गुज्रिरहेका दम्पतीहरूका लागि नयाँ आशा र जीवनको शुरूआत प्रदान गर्दै आएको वात्सल्यले अब बाल प्रतिभा र भविष्य निर्माणको अभियानमा पनि हातेमालो गर्न थालेको बताएको छ ।
‘द भ्वाइस किड्समा बालबालिकाहरूको आवाजले भविष्यको सम्भावना बोकेको हुन्छ भने वात्सल्यमा त्यो भविष्य जन्मिन्छ । यी दुई ब्रान्डबीचको सहकार्य आशा, विश्वास र उज्जवल भविष्यप्रति समर्पित साझा उद्देश्य हो’, वात्सल्यले भनेको छ ।
द भ्वाइस किड्स सिजन ४ यही जेठ ३० गतेबाट हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ । यो सिजनको कोचमा मिलन नेवार, खेम सेन्चुरी, सत्यराज आचार्य र मेलिना राई रहेका छन् ।
वात्सल्यले अत्याधुनिक प्रविधिको माध्यमबाट हजारौं परिवारलाई सुरक्षित र गोपनीय उपचार प्रदान गर्दै आइरहेको जनाएको छ ।
काठमाडौं, नक्सालस्थित क्लिनिकबाट शुरू भएको यसका सेवा अहिले नेपालभरि : पोखरा, भरतपुर , बुटवल, नेपालगञ्ज, विराटनगर, भक्तपुर र ललितपुर गरी ८ वटा जिल्लामा उपलब्ध छन् ।
यसको मूल उद्देश्य विश्वस्तरीय प्रजनन स्वास्थ्य सेवा र मानवीय दृष्टिकोणमार्फत् ग्राहकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको वात्सल्यले जनाएको छ ।