०६ साउन २०८३, बुधबार

बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले गर्‍यो कार्यदल गठन

जेठ ३०, २०८२
काठमाडौं
बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले गर्‍यो कार्यदल गठन

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल' गठन गरिएको जानकारी दिएको हो । 

यो कार्यदलमा भुवनकुमार दाहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य-सचिवको रूपमा रहनेछन् । 

एक महिनाको कार्यकाल रहेको यो कार्यदलले बैंकिङ नीति, कर्जा प्रवाह, पुँजीबजार विकास र नेपाललाई ग्रे लिस्टबाट हटाउने जस्ता महत्त्वपूर्ण विषयमा सुझाव पेश गर्नेछ । 

राष्ट्र बैंकले यो कार्यदललाई बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि ठोस सुझावहरू तयार पार्ने जिम्मेवारी दिएको छ । 

कार्यदल विशेष रूपमा उदार तर विवेकशील (प्रुडेनसियल) बैंकिङ नीति नियमन, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासमा केन्द्रित रहने राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, आर्थिक गतिविधिलाई पूर्णरूपमा चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउने उपाय र बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्तिपछिका समस्याको समाधानका लागि पनि कार्यदलले सुझाव दिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्