११ साउन २०८३, सोमबार
मध्यपूर्व तनाब थप चुलियो

इजरायलविरुद्ध इरानको जवाफी हमला : जेरुसेलममा दर्जनौं क्षेप्यास्त्र प्रहार, नेतान्याहूलाई सुरक्षित स्थानमा सारियो

जेठ ३१, २०८२
काठमाडौं
इजरायलविरुद्ध इरानको जवाफी हमला : जेरुसेलममा दर्जनौं क्षेप्यास्त्र प्रहार, नेतान्याहूलाई सुरक्षित स्थानमा सारियो

इरान र इजरायलले शनिबार बिहान पनि एक अर्काविरुद्ध हवाई आक्रमण गरेका छन् । तेल अभिभ र जेरुसेलममा हवाई आक्रमणको साइरन बजेको र तेहरानमा धेरै विस्फोटहरूको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

इरानको क्रान्तिकारी गार्डले इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । इरानका सर्वोच्च नेताले अघिल्लो दिन इजरायलको आक्रमणको बदलामा ठूलो प्रहार गर्ने चेतावनी दिएका थिए । 

संयुक्त राष्ट्र सङ्घका लागि इरानका राजदूतले इजरायली आक्रमणमा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको बताएका छन्, जबकि ३२० भन्दा बढी घाइते भएका छन्, जसमध्ये धेरैजसो नागरिक छन् ।

दुई देशबीचको द्वन्द्व बढ्दै जाँदा इरानी सेनाले गएराति इजरायलतर्फ दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको समाचारमा उल्लेख छ । जसमा कम्तिमा एक जनाको मृत्यु भएको छ। इजरायली सेनाले दाबी गरेको छ कि उसले केही पछिल्लो क्षेप्यास्त्रहरूलाई रोकेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले शुक्रबार मिसाइल आक्रमणमा इजरायली सैन्य केन्द्रहरू र हवाई अड्डाहरूलाई लक्षित गरेको बताएको छ। 

null

इजरायली आक्रमणको अर्को चरणपछि तेहरानको वायु रक्षा प्रणाली हाल सक्रिय छ। इरानबाट पछिल्लो क्षेप्यास्त्र प्रहार भएपछि इजरायलका नागरिकहरूलाई अब आफ्नो आश्रय छोड्न अनुमति दिइएको छ।

इजरायलको रमत गान शहरमा हतियारको टुक्रा भुइँमा खस्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। इजरायलमा भएको पछिल्लो आक्रमणपछि सात घाइतेलाई तेल अभिभको इचिलोभ मेडिकल सेन्टरमा लगिएको अस्पतालले जनाएको छ।

इजरायली लडाकु विमानहरूले शुक्रबार राति इरानको आणविक स्थलहरूलाई फेरि लक्षित गरेका थिए । 

null

जवाफमा इरानले इजरायलतर्फ १५० ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। यी मध्ये ६ वटा क्षेप्यास्त्र राजधानी तेल अभिभमा खसेका थिए, जसमा १ महिलाको मृत्यु भएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई इरानबाट आक्रमणको डरले सुरक्षित स्थानमा सारिएको छ। 

null

इजरायलले शुक्रबार इरानी आणविक र धेरै सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो । यसमा ६ आणविक वैज्ञानिक र २० भन्दा बढी सैन्य कमाण्डरहरू मारिएका छन् । 

इजरायलले आफ्नो कारबाहीलाई 'अपरेशन राइजिङ लायन' नाम दिएको छ। प्रतिक्रियामा इरानले शुक्रबार राति 'अपरेशन ट्रु प्रमिस ३' अपरेशन शुरू गरेको हो । 

null

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियोले इरान र इजरायललाई बढ्दो तनाव रोक्न आह्वान गरेका छन् । 

तस्वीरहरू : एएफपी

salt training

कमेन्ट गर्नुहोस्