
मनसुन मुम्बई-छत्तीसगढ सीमामा रोकिँदा भारतका धेरै ठाउँमा गर्मी अत्यधिक बढेको छ ।
भारतका केही शहरमा तालक्रम ५० डिग्री आसपास पुगेको छ । पूर्वी राजस्थान, जम्मू डिभिजन, हरियाणा र मध्य प्रदेशका केही ठाउँमा गर्मीको लहर चलेको छ।
राजस्थानको श्रीगंगानगरमा अधिकतम तापक्रम ४९.४ डिग्री रेकर्ड गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
श्रीगंगानगर लगातार छैटौं दिन देशको सबैभन्दा तातो शहर बनेको हो । देशका २२ शहरहरूको तापक्रम ४४ डिग्रीभन्दा माथि रेकर्ड गरिएको छ ।
अर्कोतर्फ, यूपीका सरकारी प्राथमिक विद्यालयहरूमा १५ दिन बिदा थप गरिएको छ। अब स्कूलहरू जुन ३० सम्म बन्द रहनेछन् ।
जुन २५ सम्ममा उत्तर-पश्चिम भारतका राज्यहरूमा मनसुन पुग्ने अपेक्षा गरिएको छ। आईएमडीका अनुसार, २२-२३ जुनसम्म दिल्ली पुग्ने अपेक्षा गरिएको छ।