३२ असार २०८३, बिहीबार

लुम्बिनीको बजेट : आकारको विषयमा एमाले र कांग्रेसबीच विवाद, साँझ ५ बजेलाई सारियो प्रस्तुत गर्ने समय

असार १, २०८२
बुटवल
लुम्बिनीको बजेट : आकारको विषयमा एमाले र कांग्रेसबीच विवाद, साँझ ५ बजेलाई सारियो प्रस्तुत गर्ने समय

लुम्बिनी प्रदेश सरकारमा बजेटको आकारका विषयमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद देखिएको छ । 

विवादका कारण आइतबार दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भनिएकोमा आर्थिक वर्ष २०८२/८३ को बजेट साँझ ५ बजेका लागि सारिएको छ ।

साँझ ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

अहिले अधिकांश मन्त्रीले मोबाइल अफ गरेका छन् । स्रोतका अनुसार कांग्रेस र एमालेबीच बजेटको आकार ३३ अर्बभन्दा माथि नलैजाने तयारी थियो ।

मन्त्री र सांसदको दबाबमा ३८ अर्ब पुर्‍याउने तयारी भएपछि विवाद बढेको बताइएको छ । जसका कारण अहिले अधिकांश मन्त्रीको मोबाइल अफ छ ।

सांसदहरूलाई ३/३ करोड बजेट राखेर आर्थिक मामिलामन्त्री कार्की बजेट ल्याउने तयारीमा जुटेका छन् ।

यद्यपि यस विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले विरोध हुने भन्दै कटौती गर्न भनेपछि सत्तारुढ दलका मन्त्रीहरूबीच विषय बाझिएको हो । 

 

salt training

कमेन्ट गर्नुहोस्