
प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ ।
प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तीय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता शेयर बिक्रीका लागि मंगलबार सिलबन्दी बोलपत्र खुला गरेको हो ।
कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रूपैयाँ र छिमेक लघुवित्त वित्तीय संस्थाका लागि शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रूपैयाँ तोकेको छ ।
शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंक लिमिटेडको न्यूनतम एक हजार कित्ताका लागि र छिमेक लघुवित्त वित्तीय संस्थाका लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ ।
आवेदन आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था,कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।