०८ साउन २०८३, शुक्रबार

ट्रम्पको चेतावनीपछि खामेनीको कडा प्रतिक्रिया: 'युद्ध सुरु भइसकेको छ'

असार ४, २०८२
काठमाडौं
ट्रम्पको चेतावनीपछि खामेनीको कडा प्रतिक्रिया: 'युद्ध सुरु भइसकेको छ'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिना शर्त आत्मसमर्पण’को चेतावनीपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल एक्समा खामेनीले इजरायलविरुद्ध कठोर शब्द प्रयोग गर्दै युद्धको घोषणा गरेका हुन्।

खामेनीले लेखेका छन्, 'हामीले आतंकवादी जियोनिस्ट शासनलाई कडा जवाफ दिनुपर्छ। हामी जियोनिस्टहरूलाई कुनै दया देखाउने छैनौं।' अर्काे पोस्टमा उनले प्रष्ट पारे, 'युद्ध सुरु भइसकेको छ।'

यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमार्फत इरानका सर्वोच्च नेतामाथि व्यक्तिगत निशाना साँध्दै लेखेका थिए, 'हामीलाई थाहा छ कि तथाकथित 'सर्वोच्च नेता' कहाँ लुकेका छन्। उनी सजिलो लक्ष्य हुन्, तर अहिले उनी सुरक्षित छन्।'

ट्रम्पले थप भनेका छन्, 'हामी उनलाई अहिले मार्नेछैनौं। तर हामीमाथि कुनै मिसाइल आक्रमण भयो भने हाम्रो धैर्य सकिनेछ।'

दुई नेताबीचको कडा आरोप–प्रत्यारोपका बीच इजरायलले जुन १३ मा इरानको आणविक कार्यक्रमसम्बन्धी स्थलमा आक्रमण गरेको थियो। त्यसयता इरान र इजरायलबीचको द्वन्द्व झनै चर्किएको छ।

सामरिक विशेषज्ञहरूका अनुसार खामेनीको बयान र ट्रम्पको चेतावनीले अब स्थिति थप जटिल बन्ने सङ्केत देखिएको छ। युद्ध  गम्भीर बन्दै गइरहेको बेला अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन आह्वान गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्