०६ साउन २०८३, बुधबार
प्रतिनिधिसभा बैठक

संसद्‌बाट बजेटको मूल विधेयक बहुमतले पारित

असार १०, २०८२
काठमाडौं
संसद्‌बाट बजेटको मूल विधेयक बहुमतले पारित
फाइल तस्वीर ।

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/०८३ को बजेटको मूल विधेयक बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयक माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । विद्युत खरिदबारे बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’ सम्बन्धी व्यवस्था हटाइएपछि बजेट पारित भएको हो । 

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि मात्र बजेट पारित हुन्छ । सरकारले जेठ १५ गते संसदमा पेस गरेको बजेट दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि साउन १ देखि कार्यान्वयनमा जानेछ । 

जेठ १५ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेस गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्