
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगको युद्धमा इरानले बहादुरी देखाएको बताएका छन् ।
बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने, 'तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न।'
इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको उनले बताए । 'यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन,' ट्रम्पले भने, 'इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ।'
इरान र इजरायलबीचको १२ दिने युद्धपछि ट्रम्पले मंगलबार युद्धविरामको घोषणा गरेका थिए । अहिले युद्ध रोकिएको छ ।