१३ असार २०८३, शनिबार

शिक्षकसँग गरेको सहमति घर्किनु ३ दिनअघि विद्यालय शिक्षा विधेयकमा छलफल

असार १२, २०८२
काठमाडौं
शिक्षकसँग गरेको सहमति घर्किनु ३ दिनअघि विद्यालय शिक्षा विधेयकमा छलफल
फाइल तस्वीर ।

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी शिक्षक महासंघसँग सरकारले गरेको सहमति घर्किनु ३ दिनअघि विद्यालय शिक्षा विधेयकमाथि छलफल शुरू भएको छ । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि बिहीबार छलफल भएको हो । उपसमितिले दिएको प्रतिवेदनमाथि छलफल गर्न समितिको बैठक बसिरहेको छ ।
 
दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरूबीच छलफल गर्न भन्दै दिउँसो सवा ३ बजेका लागि सारिएको थियो । 

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमतिपछि शिक्षक महासंघले १ महिना लामो आन्दोलन वैशाख १७ गते स्थगित गरेको थियो ।

सरकारले सहमति कार्यान्वयन नगरे फेरि आन्दोलन गर्ने महासंघले चेतावनी दिँदै आएको छ । 

असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सम्भव नभएको संसद सचिवालय स्रोतले बतायो । प्रतिनिधिसभाको बैठक असार १४ गते शनिबारका लागि बोलाइए पनि सो दिन अन्य कार्यसूची तय भइसकेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसँग भएको सहमति अनुसार विधेयक पारित गर्न आफूहरू लचिलो भएर संसद् अवरोध हटाएको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्