२४ जेठ २०८३, आइतबार
एसईईको नतिजा

एसईई नतिजा : ६१ प्रतिशत ‘उत्तीर्ण’, १ लाख ६७ हजार 'नन् ग्रेडेड'

असार १३, २०८२
काठमाडौं
एसईई नतिजा : ६१ प्रतिशत ‘उत्तीर्ण’, १ लाख ६७ हजार 'नन् ग्रेडेड'

एसईई परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।

शुक्रबार सार्वजनिक एसईईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार जीपीए ३ दशमलव ६ देखि ४ सम्म ४८ हजार १७७ जना विद्यार्थीले प्राप्त गरेका छन् ।

जीपीए ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म ८१ हजार ३८५ जना विद्यार्थी परेका छन् भने २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ८९ हजार १२४ जना छन् ।

त्यसैगरी, २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ४८ हजार ४७९ जना, २ दशमलव ० देखि २ दशमलव ४ सम्म ४ हजार १२६ जना र १ दशमलव ६ देखि २ दशमलव ० सम्म जम्मा ८ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

यसपटक १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने १ लाख ६७ हजार ५९७ जना विद्यार्थी अनुतीर्ण 'नन् ग्रेडेड' रहेका छन् । विगत वर्षको तुलनामा यस वर्षको नतिजा केही सुधारिएको बोर्डको भनाइ छ ।

हेर्नुहोस्, तथ्यांक :

null

null

salt training

कमेन्ट गर्नुहोस्